पतिसँग सम्बन्ध विच्छेदको माग गर्दै एलिना चौहानले हालिन् मुद्दा

काठमाडौं । गायिका एलिना चौहानले काठमाडौं जिल्ला अदालतमा शुक्रबार (आज)सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छन् ।

पति विष्णु सापकोटाले आफ्नो चरित्रमाथि शंका गरेको र पति पत्नीको रुपमा सम्बन्ध सुमधुर हुन नसकेको भन्दै उनले सम्बन्ध विच्छेदका लागि फिराद पत्र दायर गरेकी हुन् । अदालतमा मुद्दा दायर गर्नुअघि एलिना केही दिनदेखि कानून व्यवसायीसँगको परामर्शमा थिइन् ।

एलिनाले जिल्ला अदालतमा पेस गरेको निवेदनमा आफू कलाकारिता क्षेत्रमा काम गर्ने भएकाले कार्यक्रममा सहभागी हुँदा कहिलेकाहीँ राति अबेरसम्म बस्नुपर्ने हुँदा पतिले विभिन्न शंका–उपशंका गरेको खुलाएकी छन् ।

विवाहपछि आफू अस्ट्रेलियामै पतिसँग गएर बसेको जिकिर गर्दै उनले यस क्रममा सुरुका केही दिन राम्रै भए पनि पछि सम्बन्धमा खटपट आएपछि आफू नेपाल आएर बस्न थालेको जनाएकी छन् ।

लामो समय प्रेम सम्बन्धमा रहेको यी जोडीबीच बिहेपछि कलह शुरु भएको थियो । कलहले घरेलु हिंसाको समेत अवस्था निम्तिएको चर्चा पनि छ । झापाकी एलिना र बागलुङका विष्णुले गत वैशाख ५ गते मात्र विवाह गरेका थिए ।

गायिका चौहानका पनि विष्णु अस्ट्रेलियामा बस्छन् । विवाहपछि एलिना पनि अस्ट्रेलिया गएकी थिइन् । तर छोटो बसाइ पछि नै एलिना दसैंअघि नेपाल फर्किएकी थिइन् । त्यसयता उनी नेपालमै छिन् ।

May be an image of clarinet and text

May be an image of the Western Wall and text

May be an image of text

प्रतिक्रिया