सुशासन कायम गर्न र भ्रष्टाचार निवारणमा सरकार असफल भयो : सांसद शाह
काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु शाहले मुलुकमा सुशासन कायम गर्न र भ्रष्टाचार निवारणमा सरकार असफल भएको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा सांसद शाहले भ्रष्टाचार निवारणमा सरकार निरन्तर कमजोर हुँदा विद्यमान शासकीय व्यवस्थाप्रति नागरिक तहमा वितृष्णा बढेको बताए ।
मन्त्रिपरिषद्का निर्णयहरूमाथि पनि छानबिन गर्न शाहले माग गरे । सरकारमा रहेका दुई विपरीत विचारधारा बोकेका दलहरूले लोकतन्त्रलाई सुदृढ गर्न नसक्ने उनको भनाइ छ ।
सरकारको पुँजीगत खर्च निकै कमजोर रहेको उनी बताउँछन् । सङ्घीय निजामती सेवा ऐन चाँडो पारित हुनुपर्नेमा सांसद शाहले जोड दिए ।
प्रतिक्रिया