निराशालाई आशामा बदलौँ : सांसद यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका सांसद राजकिशोर यादवले नागरिकमा रहेको निराशालाई आशामा बदल्नेगरी संसद्को चालु अधिवेशनबाट आवश्यक विधेयक पारित गर्न सकोस् भन्ने कामना गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आज आफ्नो दलका तर्फबाट धारणा राख्दै उहाँले नियमित रुपमा भए गरेका कामलाई उपलब्धिका रुपमा देखाएर सरकारले छुट नपाउने बताए । 

अर्थतन्त्र सुधारका पक्षमा काम गरिएको भनेर प्रधानमन्त्रीका तर्फबाट आज संसद्मा धारणा राख्नुभएको उल्लेख गर्दै उनले तदअनुरुपको काम गर्न आग्रह गरे ।

पाथीभरामा केबलकार निर्माणका क्रममा देखिएको विवादका विषयलाई लिएर स्थानीय प्रशासनले बल प्रयोग गर्दा भएको समस्या सृजनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै उनले घाइतेको निःशुल्क उपचारको प्रबन्ध गर्न माग गरे । 

प्रतिक्रिया