संसदमा बिजनेसको अभाव हुँदैन : सांसद न्यौपाने

काठमाडौं । राष्ट्रिय सभामा नेकपा एमाले सांसद भगवती न्यौपानेले संसदमा बिजनेसका अभाव नहुने बताएकी छन् ।

राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै उनले अहिलेको अधिवेशनमा संसदलाई बिजनेसको अभाव नहुने बताइन् । उनले राष्ट्रिय सभालाई पनि महत्व दिएर सरकारले विधेयकहरु दर्ता गरिरहेको उल्लेख गर्दै यस अधिवेशनमा बिजनेस बिहीन हुनुपर्ने स्थिति नरहेको बताइन् । राष्ट्रिय सभामा रहेका विधेयकहरु कसरी व्यवस्थित, जनता र देशको पक्षमा बनाउने भन्नेमा सोच्न जरुरी रहेको उनी बताउँछिन् ।

उनले भनिन्, ‘अहिले राष्ट्रिय सभालाई पनि महत्व दिएर विधेयकहरु दर्ता हुन थालेका छन् । हामीलाई बिजनेसको कुनै समस्या हुन्छ भन्ने लाग्दैन । त्यसैले जति पनि विधेयकहरु राष्ट्रिय सभामा छन्, ति विधेयकहरुलाई कसरी व्यवस्थित बनाउने, जनता र देशको पक्षमा कसरी बनाउने ? कसरी विधि निर्माण गर्ने, सुशासन कायम गर्ने भन्ने बारेमा छलफल गर्नेछौँ ।”

उनले संसदको ऐन, कानून बनाउने मात्र नभइ बनेका ऐनहरको मापन र मूल्यांकन गर्नुपर्ने बताइन् ।

प्रतिक्रिया