भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्छ : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले भ्रष्टाचार र भ्रष्टाचारीहरुको संरक्षणमा सरकार नै लागिरहेको आरोप लगाएका छन् ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष लिङदेनले अहिलेसम्मको स्थिति हेर्दा सरकारले भ्रष्टाचार र भ्रष्टाचारीहरुको संरक्षणमा नै लागिरहेको महशुस गरेको उल्लेख गरे । 

निरन्तर रुपमा हुने कामलाई देखाएर सरकारले ६ महिनाको उपलब्धि सुनाएको बताउँदै उनले सरकार नभएको भएर सिद्धबाबाको सुरुङ मार्ग ब्रेक थ्रु र विद्युत व्यापारको लागि बंलादेशसँग सम्झौता हुने थिएन ? भन्दै सरकारलाई प्रश्न गरे । 

अध्यक्ष लिङदेनले काँग्रेस र एमाले मिलेर बनेको सरकारको उपलब्धी सुन्दा मुलुकमा सरकार छैन भने अभास भएको बताए । उनले सरकारले सुशासनको क्षेत्रमा कुनैपनि काम गर्न नसकेको उल्लेख गरे । निरासा जनतलाई आशा जगाउन समेत सरकारले नसकेको उनको भनाइ छ ।

उनले मुलुकमा विदेशी मुद्रा सञ्चिति बढेको वर्तमान सरकारको कारणले नभइ नेपाली जनता बेचेर आएको दाबी गरे । उनले सरकारले रेमिट्यान्स मार्फत आएको पैसा समेत खर्च गर्न नसकेको उल्लेख गरे । 

सरकारको साढे ६ महिनको समय निरासाजनक रहेको दाबी गर्दै उनले कांग्रेस एमाले जस्तो पार्टी मिलेर बनेको सरकारले डेलिभरी दिनसक्नुपर्ने बताए । उनले राप्रपाले सरकारको विरोध मात्रै गर्ने भन्दै सुधारको अपेक्षा गरेको बताए । 

नेपाल प्रहरीका आइजीपीमाथि पनि छानबिन हुनुपर्ने बताउँदै उनले सम्पती शुद्धीकरणमा सरकारले रवि लामिछानेमाथि चलाउनु स्वाभाविक भएपनि अरु माथि पनि छानबिन हुनुपर्ने उल्लेख गरे ।

प्रतिक्रिया