संविधान संशोधन गर्दा संविधानका आधारभुत विशेषता कमजोर हुनु हुँदैन : देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशिता लगायतका संविधानका आधारभुत विशेषता कमजोर हुनु नहुने बताएका छन् ।

शुक्रबारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले संविधान प्रारम्भ भएको दश वर्ष भइसकेको र दश वर्षको अवधिमा संविधानको अभ्यासको समीक्षा गर्ने, संविधान कार्यान्वयनमा देखापरेका सबल र दुर्बल पक्षको अध्ययन र पहिचान गर्ने र आवश्यकता अनुसार संविधान संशोधन वा परिमार्जन गर्नुपर्ने बताएका हुन् ।

उनले राजनीतिक दलहरूका बीचमा सहमतिका आधारमा संविधान संशोधन हुनुपर्ने बताए । उनले लोकतन्त्रमा आवश्यक राजनीतिक अधिकारको उपभोग गरिरहेको भएपनि तर आर्थिक अवस्था सुदृढ हुन नसकेको बताए ।

देशको आर्थिक अवस्था उकास्न जरुरी रहेको उनको भनाइ छ । सभापति देउवाले लोकतन्त्रको आधारभुत मान्यता विधिको शासन भएको उल्लेख गर्दै कानून निर्माणको थलो संसद भएको बताए ।

प्रतिक्रिया