सत्तामा एउटा र प्रतिपक्षमा हुँदा अर्को कुरा गर्ने परिपाटी अन्त्य गरौँ : कृष्णप्रसाद सिटौला
काठमाडौं । राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले सत्ता र प्रतिपक्षमा हुँदा फरक कुरा गर्ने परिपाटी अन्त्य गर्न जरुरी रहेको बताएका छन् ।
शुक्रबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले सत्तामा हुँदा एउटा र प्रतिपक्षमा जाँदा अर्को कुरा गर्ने परिपाटी राम्रो नभएको बताए । उनले कुर्सीमा रहँदा जनता र देशका लागि कति काम गरेँ भन्नेकुराले नै महत्वपूर्ण अर्थ राख्ने बताए ।
केन्द्रिकृत राज्य सञ्चालनको भावना हटाउनुपर्ने बताउँदै उनले अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा पनि नेपालले नयाँ ढंगले सोच्नुपर्ने बताए । जनतामा जाँदा काम गर्ने संकल्प लिएर जानुपर्ने बताए ।
उनले संविधानको अधिकार प्रयोग गर्न नपाएको प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुले गुनासो गरेको बताए । उनले अहिले पनि नेपालको समग्र मानसिकता संघीयता बमोजिम हुन नसकेको बताए ।
प्रतिक्रिया