निलम्बन फुकुवा गरिदिन लामिछाने द्वारा सभामुख घिमिरेलाई निवेदन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) का सभापति रवि लामिछानेले आज सभामुख देवराज घिमिरे सँग भेट गर्दै आफ्नो सांसद पद निलम्बन फुकुवाका लागि निवेदन दिएका छन् ।
सिंहदरबार स्थित सभामुख घिमिरेको कार्यकक्षमा भएको उक्त भेटमा सभापति लामिछानेले सभामुख घिमिरे समक्ष निलम्बन फुकुवाका लागि निवेदन बुझाएका हुन् । सभापति लामिछानेले आफु थुनामुक्त भएको व्यहोरा उल्लेख गर्दै निलम्बन फुकुवाको निवदेन बुझाए ।
सभापति लामिछाने सँगै उपसभामुख इन्दिरा राना, रा.स्व.पा.का कार्यवाहक सभापति डोलप्रसाद अर्याल, उपसभापति डा. स्वर्णिम वाग्ले, प्रमुख सचेतक सन्तोष परियार लगायतका सांसदहरुले सभामुख घिमिरे सँग भेट गरे ।
सङ्घीय संसदको हिउँदे अधिवेशन आजदेखि शुरु हुँदैछ । निलम्बीत सांसद लामिछानेले संसदको बैठकमा सहभागि भई विधायीकाको जिम्मेवारी बहन गर्न मार्ग प्रशस्त गर्न वातावरण मिलाइ दिन सभामुख घिमिरे समक्ष अनुरोध गरे । प्रतिनिधिसभा सदस्य लामिछानेलाई गत पुस ८ गते प्रतिनिधिसभा सचिवालयले सांसद पद बाट निलम्बन गरेको थियो ।
रासस
प्रतिक्रिया