रा.स्व.पा.ले गर्‍यो संसद बैठक अवरोध

काठमाडौँ । प्रतिनिधि सभाको पाँचौँ अधिवेशनको पहिलो बैठक आज शुरु भएको छ ।

प्रतिनिधि सभा बैठक शुरु भए लगत्तै राष्ट्रिय स्वतन्त्रले पार्टी अवरोध गरेको छ । रास्वपाका सांसद आफ्नो आसनबाट उठेपछि बैठक अवरुद्ध भएको हो ।

सभामुख देवराज घिमिरेले रास्वपाका सांसदलाई आफ्नो आसनमा बसेर बैठक सञ्चालन गर्ने वातावरण मिलाउन आग्रह गरेका छन् ।

उनले संसद बैठकको कार्यसूचीमै दलीय आधारमा बोल्न पाउने समय मिलाइएको भन्दै सोही क्रममा आफ्ना धारणा राख्न रास्वपाका सांसदलाई भनेका हुन् ।

प्रतिक्रिया