संसद् छलेर ल्याइएका अध्यादेशको प्रतिवाद गर्ने माओवादीको निष्कर्ष
काठमाडौं । बिहीबार (आज) बसेको माओवादी केन्द्रको संसदीय दलको १५औँ बैठकले सरकारले संसदलाई छलेर अध्यादेशहरू ल्याएको भन्दै संसदबाट त्यसको प्रतिवाद गर्ने निष्कर्ष निकालेको छ ।
बैठकपछि माओवादी प्रमुख सचेतक हितराज पाण्डेले भने, “अध्यादेशको प्रक्रिया लोकतन्त्रलाई सवलीकरण गर्ने गरी आएन, प्रक्रिया नै बेठिक छ । ६ वटा अध्यादेशबाट ३१ वटा कानुन संशोधन गर्ने सरकारको तयारी छ । समितिमा रहेका विधेयकका फिर्ता नै नलिई अध्यादेश ल्याउनु गलत भएकाले अस्वीकारको सूचना दर्ता गर्नुपर्छ भन्ने निर्णय भएको छ ।”
साथै बैठकले सरकार जनसरोकारका मुद्दामा चिन्तित नभएकाले जनताका मुद्दा उठाउने निर्णय गरेको छ । बैठकमा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पार्टीको निर्णय अनुसार संसदमा प्रस्तुत हुन सांसदहरूलाई निर्देशन दिएका छन् ।
त्यस्तै, शुक्रबार भोलिबाट शुरु हुने संसद्को हिउँदे अधिवेशनमा जनताका आवाजलाई व्यवस्थित र सशक्त बनाएर अघि बढ्ने निर्णय बैठकले गरेको छ । सँगै विपक्षी दलहरूलाई पनि लिएर मतऐक्यता हुनसक्ने विषयमा सामूहिक रुपमा आवाज बुलन्द गर्ने बैठकको निर्णय छ ।
प्रतिक्रिया