सरकार पूर्णरुपमा असफल भएको माओवादीको दाबी

काठमाडौं । नेकपा माओवादी केन्द्रले देशका समस्या समाधान गर्न र जनजीविकाका विषयमा वर्तमान सरकार पूर्णरुपमा असफल भएको दाबी गरेको छ ।

बिहीबार काठमाडौंमा प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेश समितिको चौथो अधिवेशन उद्घाटन गर्दै उपाध्यक्ष अग्नि प्रसाद सापकोटाले सरकार पूर्णरुपमा असफल भइसकेको दाबी गरेका हुन् । 

उनले दुई तिहाइको सरकारले सदनबाट डराएर बदनियतपूर्ण ढङ्गले अध्यादेश ल्याएको बताए । उनले भने, ‘आफ्ना कार्यकर्तालाई जग्गा बाँड्नकै लागि सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएको हो ।’

संसद् ढिलो बोलाउने र विधेयकहरूलाई फास्ट ट्रयाकमा लैजाने कुराले सरकारले अतालिएको बताउँदै उनले विपक्षीहरूले तर्कसहित अध्यादेशको विरोध जनाउने निर्णय गरेपछि सत्तारुढ दलले त्यसको प्रतिवाद गर्न आफ्ना सांसदहरूलाई निर्देशन बताए ।

प्रतिक्रिया