संसद प्रति सरकार उत्तरदायी हुनुपर्नेमा सभामुख घिमिरेको जोड
काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद प्रति उत्तरदायी सरकार हो, सरकारलाई पनि नियमन गर्ने निकाय संसद हो भन्ने कुरा सबैले बुझनुपर्ने बताएका छन् ।
संसदको हिउँदे अधिवेशन शुक्रबार बाट शुुरु हुन लागेको सन्दर्भमा कुरा गर्दै उनले सरकारका काममा असन्तुष्टि जनााएका हुन् । सभामुख घिमिरेले सरकार योजनावद्ध ढंग बाट चल्नुको सट्टा जे आइपर्छ त्यही गर्दै काम चलाउने परिस्थितिमा बढी चलेको जस्तो देखिएको उनको टिप्पणी छ ।
सभामुख घिमिरेले मन्त्रिहरुले रिबन काट्ने कुरामा कति महत्व दिने र संसदमा कानून निर्माण गर्ने कुरामा कति महत्व दिने भन्ने बुझनुपर्ने पनि बताए । विधेयक पास गर्ने कुरामा कमीहरु भए भन्ने कुरा महसुश भइसकेपछि नियमावली तिर फकिर्ने कि पास गर्ने बाटोहरु तिर फर्किने दलहरुले निर्णय गर्नुपर्ने पनि उनले बताए ।
संसदमा महत्वको हिसावले र प्राविधिक कुराहरुमा ठूला दलहरुको भुमिका ठूलै र साना दलहरुको भुमिका सानै हुन्छ हुने भएकाले आफूले विभेद नगरेको उनको जिकिर छ ।
प्रतिक्रिया