वैदेशिक अनुदानका रोक लगाउने निर्णय ह्वाइट हाउस द्वारा स्थगित

एजेन्सी । वैदेशिक अनुदान सहयोगमा रोक लगाउने निर्णय ह्वाइट हाउसले स्थगित गरेको छ । 

विदेशी अनुदान वितरण नब्बे दिनका लागि स्थगित गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय कार्यान्वयन नगर्न अदालतले आदेश दिएपछि ह्वाइट हाउस पछि हटेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । 

जनवरी २० मा सपथ लिएपछि राष्ट्रपति ट्रम्पले अनुदान सहयोग स्थगित गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए । त्यसपछि सबै देशहरुमा निर्णय कार्यान्वयनका लागि पत्राचार गरिएको थियो ।

यो निर्णयले अमेरिकी सरकारको सहायतामा पर परेका लाखौं व्यक्तिहरुमा त्रास फैलिएको भन्दै जिल्ला अदालतका न्यायाधीश लोरेन अली खानको इजलासले निर्णय तत्काल यथास्थितिमा राख्न आदेश दिएको थियो । त्यस लगत्तै ट्रम्प प्रशासनले सहायतामा रोक लगाउने निर्णय स्थगित गरेको जनाएको हो । 

यसै बीच राष्ट्रपति ट्रम्पले अमेरिकाका शैक्षिक संस्थाहरूमा यहूदी विरोधी भावना घटाउन एउटा कार्यकारी आदेश जारी गरेका छन् । प्यालेस्टाइको समर्थनमा विरोध प्रदर्शनमा सहभागी गैर–अमेरिकी नागरिकहरूलाई निर्वासन गरिने आदेशमा उल्लेख छ । 

कलेजहरूमा हमास प्रति सहानुभूति राख्ने विद्यार्थीहरूको भिसा तुरुन्त रद्द गर्ने घोषणा समेत उनले गरेका छन् । 

प्रतिक्रिया