माओवादी संसदीय दलको बैठक बस्दै
काठमाडौं प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्ने भएको छ ।
बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो एक बजे बाट शुरु हुनेछ । शुक्रबार बाट शुरु हुने संसद्को हिउँदे अधिवेशनको तयारीका लागि बैठक बोलाइएको बताइएको छ ।
शुक्रबार बाट संसद्को हिउँदे अधिवेशन शुुरु हुने भएकाले पार्टीको तर्फ बाट सदनमा खेल्नुपर्ने भूमिका, त्यसको तयारी, कानून निर्माण लगायत विषयमा छलफल गर्न बैठक बोलाइएको हो । सरकारको ६ महिना असफल भएको माओवादीले बताउदै आएको छ ।
संसद् छलेर निरङ्कुश तरिकाले अध्यादेश ल्याएको लगायतका विषयमा समेत माओवादीले संसदमा आवाज उठाउने तयारी गरेको छ ।
प्रतिक्रिया