काङ्ग्रेस नेता कोइरालाले दिए सोनाम ल्होसारको शुभकामना

काठमाडौं। नेपालि काङ्ग्रेसका नेता डाक्टर शेखर कोइरालाले तामाङ समुदायको नयाँ वर्ष “सोनाम ल्होसार” को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना दिएका छन्।

तामाङ समुदायको  नयाँ वर्षको रूपमा मनाइने ल्होसारले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्नुका साथै यो पर्वले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई मजवुत बनाउने भन्दै शुभकामना व्यक्त गरेका छन्।
सोनाम ल्होसारले नेपालीबीच आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै आर्थिक र सामाजिकरूपले समृद्ध मुलुक निर्माणमा अग्रसर हुन सबैलाई ऊर्जा प्रदान गर्न सकोस् भन्दै उनले शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया