अखिल क्रान्तिकारीको अध्यक्षमा सापकोटा निर्वाचित
काठमाडौं । माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा विजय प्रकाश सापकोटा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी हेमन्त राईसँग ७१ मतान्तरले सापकोटा ७० अध्यक्षमा निर्वाचित भएका हुन् ।
अध्यक्षमा निर्वाचित विजय प्रकाश सापकोटाले ६ सय ८६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी हेमन्त राई ६ सय १५ मत प्राप्त गरेका छन् । सापकोटाले निकटतम प्रतिस्पर्धी राई भन्दा ७१ बढी मत प्राप्त गरेका छन् ।
सापकोटा हेडक्वार्टर एवम पार्टी उपमहासचिव शक्ति बस्नेत निकट मानिएका थिए भने उनी अखिल (क्रान्तिकारी)मा उमेर हद लगाउनु हुदैँन भन्ने पक्षमा खुलेरै लागेका थिए ।
उनी उमेर हदको विपक्षमा खुलेरै लागे पनि उमेर हद लगाउनुपर्ने पक्षको जित भएपछि यस अघि संगठनका उपाध्यक्ष र अध्यक्षको मैदानमा रहेका १८ जनाको समर्थन पनि उनैले पाएका थिए । यस्तै, अध्यक्षका उम्मेदवार उपदेशकुमार यादवले ३ सय १० मत प्राप्त गरेका छन् भने अर्का उम्मेदवार सुदिन पौडेलले १ सय ९२ मत प्राप्त गरेका छन् ।
यादव पार्टीका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ निकट मानिन्छन् । बरिष्ठ उपाध्यक्ष श्रेष्ठ उपप्रधान एवम गृहमन्त्री हुदाँ उनी सचिवालयमा कार्यरत थिए । यस्तै पौडेल पार्टी उपमहासचिव बर्षमान पुन निकट मानिन्छन् । उनी पनि पुन अर्थमन्त्री रहदाँ सचिवालयमा कार्यरत थिए ।
प्रतिक्रिया