पूर्वराजा शाह भोलि भारतको गोरखपुर जाने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह भोलि (बिहीबार) भारतको उत्तर प्रदेश राज्यमा पर्ने गोरखनाथ मन्दिरको दर्शन गर्न जाने भएका छन् ।

पूर्वराजा शाह अहिले भैरहवा छन् । उनी भैरहवाबाटै बिहीबार गोरखपुर प्रस्थान गर्ने कार्यक्रम तय बताइएको छ ।

गोरखपुरमा अन्य कुनै कार्यक्रम तय नभएको तर पनि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग पनि भेट हुनसक्ने बताइएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार पूर्वराजा शाह र उत्तर प्रदेशका मुख्यमन्त्रीबिच भेटका लागि तयारी भइरहेको छ ।

गोरखनाथ मन्दिरमा पूर्वराजाले खिचडी चढाउने प्रचलन छ । सोही परम्परालाई निरन्तरता दिँदै पूर्वराजा शाह गोरखपुर जान लागेका हुन् । सोही अवसरमा उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ पनि गोरखनाथ आउने बताइएको छ ।

प्रतिक्रिया