संस्कृति, कला र साहित्य देशको अमूल्य निधी : सभामुख घिमिरे
काठमाडौं । सभामुख देवराज घिमिरेले संस्कृति, कला र साहित्य देशको अमूल्य निधी भएको बताएका छन् ।
शनिवार काठमाडौंमा प्रथम गलबन्धी फिल्म्स एण्ड म्युजिक अवार्डको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले कला क्षेत्र मनोरञ्जन र हेर्न तथा देख्नका लागि मात्रै नभइ सही कुराहरु आत्मसाथ गर्न र गलत कुराहरु परित्याग गर्नका लागि महत्वपूर्ण औजार भएको बताए ।
उनले राष्ट्रलाई राष्ट्रिय समुन्नतिले बलियो बनाउनुपर्ने आवश्यकता बताए । उनले संस्कार र संस्कृतिको विकासमा सबैले सहयोग गर्नुपर्ने बताए । राष्ट्रिय एकता र राष्ट्रिय संस्कृतिको जगेर्ना गर्न उनको आग्रह गरे ।
सभामुख घिमिरेले भने, “हाम्रो संस्कृति, हाम्रो कला, हाम्रो साहित्य अमूल्य निधी हुन् । खासगरी कला, कलाका विभिन्न विधाहरु हुन्छन् । कला क्षेत्र मनोरञ्जन र हेर्न तथा देख्नका लागि मात्रै होइन । सही कुराहरु आत्मसाथ गर्न र गलत कुराहरु परित्याग गर्नका लागि महत्वपूर्ण औजार हो । लोकगीत, लोकसंस्कार। लोकभाको जगेर्ना गर्नुपर्नेछ ।”
सभामुख घिमिरेले सही कुरा अघि बढाउँदा राष्ट्रको समुन्नति हुने बताए ।
प्रतिक्रिया