गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ । 

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले यही माघ २१ गतेका लागि प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् ।

प्रमुख भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम माघ २१ गते दिनको २ बजेदेखि आरम्भ हुनेगरी अधिवेशनको आह्वान गरेका प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता रामेश्वर अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया