बागमती प्रदेशसभा सचिवालयमा ३ वटा विधेयक दर्ता

मकवानपुर । बागमती प्रदेशसभा सचिवालयमा प्रदेश सरकारको तर्फबाट ल्याइएको तीन वटा विधेयक आज दर्ता गरिएको सो सचिवालयले जनाएको छ ।
दर्ता गरिएको ती संशोधन गर्नुपर्ने विधेयकहरु क्रमशः प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रादेशिक व्यापार तथा व्यवसायीसम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक रहेको प्रदेशसभा सचिवलायका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए ।
यसैगरी, उनले मदनभण्डारी स्वास्थ्य, विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई पनि दर्ता गरिएको बताए ।
प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले रासससँग आज संक्षिप्त कुराकानी गर्नुहुँदै यही माघको तेस्रो हप्ताबाट प्रदेशसभाको बैठक बस्ने र सोही बैठकले ती तीन वटा संशोधन गर्नुपर्ने विधेयकलाई पूर्ण बैठकमा छलफल गराइ पारित गर्ने लक्ष्य रहेको बताए ।
उनले वर्षे अधिवेशनबाट विभिन्न समितिमा छलफलका लागि पठाएका केही विधेयकको प्रतिवेदनसहित आउने विधेयकलाई पनि सोही बैठकमा प्रस्तुत गरी छलफल गराउने कार्यसूची राखिएको पनि जानकारी दिए ।
सार्वभौम सत्ता संसदमा नभइ जनतामा निहित छः उपाध्यक्ष पाण्डे
‘स्काउटले असल नागरिक निर्माणमा योगदान गरिरहेको छ’
प्रदेशसभामा विशेष सम्बोधनका लागि प्रधानमन्त्रीलाई निमन्त्रणा

बागमती प्रदेश सरकारले चाडपर्वको संरक्षण गर्ने
प्रतिनिधि सभा बैठकमा सर्लाहीमा अन्तरजातीय विवाह घटनाबारे गृहमन्त्रीको जवाफ माग

बागमती प्रदेश सभाको बैठकमा ४ विधेयक प्रस्तुत

रवि लामिछानेको बयान न्यायाधीश दयाराम ढकालको इजलासमा हुँदै

प्रतिक्रिया