डब्लूएचओद्वारा बालबालिकाका लागि औलोविरुद्ध खोप सिफारिस
विश्व स्वास्थ्य संगठन डब्लूएचओले बेलायतको अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको बालबालिकाका लागि औलोविरुद्धको नयाँ खोप सिफारिस गरेको छ । डब्लूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयेससले औलोको अनुसन्धानकर्ताको रूपमा एउटा ठूलो सफलता मिलेको बताएका छन । डब्लुएचओले आर–ट्वान्टीवान म्याट्रिक्स–एम नामक दोस्रो खोप आर–ट्वान्टीवान म्याट्रिक्स–एम प्रयोगका लागि सिफारिस गरेको हो । आर ट्वान्टीवान म्याट्रिक्स–एम खोप सेरम इन्स्टिच्युट अफ इण्डियाले उत्पादन गरेको हो । यो खोप बुर्किना फासो, घाना र नाइजेरियामा प्रयोगका लागि अनुमति दिइसकिएको छ । सन् २०२१ मा बेलायती औषधि कम्पनी जीएसकेले उत्पादन गरेको आरटीएस एस खोप मध्यमदेखि उच्च औलो सङ्क्रमण भएका क्षेत्रका बालबालिकामा औलो रोकथामका लागि डब्लुएचओले सिफारिस गरेको पहिलो खोप बनेको थियो । डब्लुएचओका अफ्रिकाका लागि क्षेत्रीय निर्देशक डा. मात्शिडिसो मोएतीले नयाँ खोपले माग र आपूर्तिबीचको ठूलो खाडललाई कम गर्न मद्दत पु¥याउने बताए ।
बैंकले बढी ब्याज लिए राष्ट्र बैंकमा गुनासो गर्न गभर्नर अधिकारीको आग्रह

केपी ओली कप क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशलाई

टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश, टोपबहादुर थुनामै

पूर्व यूवराज्ञी हिमानीे अन्र्तराष्ट्रिय स्तरको पुरस्कारबाट सम्मानित

प्रतिक्रिया