हर्क साम्पाङको रित्तो गाग्री प्रहरीले खोस्यो
काठमाडौं । खानेपानी समस्या समाधानका लागि रित्तो गाग्री बोकेर काठमाडौं आएका धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई(हर्क साम्पाङ) को गाग्री प्रहरीले खोसेको छ ।
मंगलबार बिहान रित्तो गाग्री लिएर सिंहदरबार पुगेका उनको गाग्री प्रहरीले खोसेको हो । उनी रित्तो गाग्री बोकेर सिंहदरबार परिसर प्रवेश गर्न खोजेका थिए ।
रित्तो गाग्री सहित सिंहदरबार छिरेर खानेपानीमन्त्री प्रदिप यादव र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने साम्पाङले बताएका छन् ।उनले गत पौष २० गते शनिबार उपमहानगरको १२४ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सरकारले खानेपानीको लागि आफूलाई सहयोग नगरे रित्तो गाग्री बोकेर प्रधानमन्त्रीलाई भेट्न जाने बताएका थिए ।
प्रतिक्रिया