परराष्ट्र मन्त्री आरजु द्वारा अमेरिकी विदेश मन्त्रीलाई बधाई
काठमाडौं । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले संयुक्त राज्य अमेरिकाको विदेश मन्त्रीमा मार्को रुबियो नियुक्त भएकोमा हार्दिक बधाई ज्ञापन गरेकी छन् ।
सामाजिक सञ्जाल एक्स मार्फत उनले नवनियुक्त आफ्ना अमेरिकी समकक्षी रुबियो प्रति बधाई ज्ञापन गरेकी हुन् ।
परराष्ट्र मन्त्री देउवाले बधाई ज्ञापन गर्दै नेपाल र अमेरिका बीचको सम्बन्धलाई अझ सुदृढ बनाउन विदेश मन्त्री रुबियो सँग सहकार्य गर्न आफू तत्पर रहेको एक्समा उल्लेख गरेकी छन् ।
नवनियुक्त अमेरिकी विदेश मन्त्री रुबियो फ्लोरिडाका राज्यसभा सदस्य हुन् । त्रिपन्न वर्षीय उनको नियुक्तिको प्रस्तावलाई सिनेटले ९९ मतले अनुमोदन गरेको हो । उनलाई विदेश मन्त्री नियुक्ति गर्ने सम्बन्धी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्तुत गरेको प्रस्तावको विपक्षमा एक मत पनि नपरेको अन्तरराष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
प्रतिक्रिया