गाजा सम्झौता कायम रहने विषयमा आफू विश्वस्त नभएको ट्रम्पको भनाइ
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार आफ्नो शपथ ग्रहण अघि युद्धविरामका लागि गरिएको कूटनीतिको प्रशंसा गर्दै गाजामा युद्धविराम सम्झौता हुने कुरामा आफू विश्वस्त नभएको बताएका छन् ।
“म विश्वस्त छैन”, ह्वाइट हाउस फर्किँदा एक पत्रकारले दुवै पक्षले युद्धविराम कायम राख्ने र सम्झौतामा अघि बढ्ने बारे सोध्दा उनले भने, “यो हाम्रो युद्ध होइन यो उनीहरूको युद्ध हो । तर, म विश्वस्त छैन ।”
तथापि ट्रम्पले सन् २०२३ अक्टोबर ७ मा इजरायलमा भएको अभूतपूर्व आक्रमण बाट शुरु भएको युद्धमा हमास ‘कमजोर’ भएको विश्वास गरेको बताए । “मैले गाजाको एउटा तस्विर हेरेँ”, उनले भने, “गाजा एक विशाल विध्वंस स्थल जस्तै छ ।”
इजरायल र हमासले आइतबार बन्दी र कैदीहरूको आदान–प्रदान समावेश भएको युद्धविराम सम्झौता कार्यान्वयन गर्न थालेका छन् । यो योजना शुरुमा तत्कालीन राष्ट्रपति जो बाइडेनले मे महिनामा प्रस्तुत गरेका थिए । बाइडेन तथा ट्रम्पका दूतहरूको असामान्य संयुक्त कूटनीति पछि यसलाई अघि बढाइएको थियो ।
सम्झौताका लागि दबाब दिँदै ट्रम्पले इजरायललाई दृढतापूर्वक समर्थन गर्ने पनि स्पष्ट पारेका छन् । आफ्नो पहिलो कार्यहरू मध्ये एकमा उनले प्यालेस्टिनीहरू विरुद्धको आक्रमणलाई लिएर बाइडेन प्रशासनले वेस्ट ब्याङ्कमा कट्टरपन्थी इजरायली बसोबास गर्नेहरू माथि लगाएको प्रतिबन्धहरू खारेज गरे ।
रासस

जनयुद्धको स्मरण गर्दै प्रचण्डले भने– यो पनि समाजवादी क्रान्तिको सङ्कल्प हो
टर्कीएमा विषाक्त मदिरा सेवनले ३३ जनाको मृत्युु
सार्वजनिक जग्गामा बनाइएको संरचना हटाइयो

औद्योगिक क्षेत्र सुधार गर्दै सरकार
बालयौन दुर्व्यवहारमा मदन राईलाई साढे २ वर्ष कैद सजाय
पाकिस्तानमा बाढी र खडेरीका कारण ४ करोड मानिस प्रभावित
हिउँदमा पनि मनाङ घुम्न आए ४६ देशका पर्यटक
_vQLHFXVx8S_drsrfojcg7uhfensjhmbditehfwfy8q1fr77mppol1dsd40zqzti5xd0nek7_IGCBhNywKN_0oai0oafluieymb4niwewrr99heocucy0wq8obdgnmxj8h6eaofytfwbnmeq.jpg)
प्रतिक्रिया