धोविखोला करिडोरमा सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका भवन भत्काउन शुरु

काठमाडौं । उपत्यका विकास प्राधिकरणले काठमाडौं महानगरपालिका–७ स्थित धोविखोला करिडोरमा सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका भवन भत्काउने कार्य थालेको छ । प्राधिकरणले आइतबारदेखि धोविखोला करिडोरका संरचना भत्काउन थालेको हो । चाबहिलस्थित मालपोत कार्यालयसँगै बनेका भवन भत्काउने क्रममा केहीबेर स्थानीयले अवरोध गरेका थिए ।

मापदण्ड विपरीतको संरचना, सार्वजनिक जग्गामा बनेका संरचना हटाउने कार्य अनुसार आजबाट काम थालिएको प्राधिकरणले बताएको छ । सेटब्याक नपुर्याइ बनेका संरचना पनि भत्काउने प्राधिकरणको भनाइ छ ।

धोविखोला र बागमती नदी किनारमा करिब ५ सय रोपनी सार्वजनिक जग्गा अतिक्रमण भएको उल्लेख गर्दै प्राधिकरणले भाडा प्रयोजनका लागि व्यक्तिहरूले बनाएका त्यस्ता संरचना भत्काउने पत्रकार सम्मेलनमार्फत जनाएको थियो । वडा नम्बर ७ मा मात्रै करिब १४ रोपनी जग्गा अतिक्रमण भएको बताइएको छ ।

प्रतिक्रिया