सरकारद्वारा माघको तेस्रो साता संसद् अधिवेशन बोलाउने तयारी

काठमाडौं । सरकारले माघको तेस्रो साता संसद् अधिवेशन बोलाउने तयारी गरेको छ । विपक्षी दलहरूले संसद्को विशेष अधिवेशन माग गर्ने बताइरहेका बेला सरकारले भने माघ तेस्रो साता अधिवेशन बोलाउने तयारी गरेको हो ।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले माघको १८ वा २० गतेका लागि संसद् अधिवेशन आह्वान गर्ने तयारी भैरहेको बताएका हुन् । यसअघि शुक्रबार प्रधानमन्त्री ओलीले एक कार्यक्रममा बोल्दै अबको १५\२० दिनमा संसद् अधिवेशन बोलाउने बताएका थिए ।

संसद्को बर्षे अधिवेशन गएको भदौ ३१ गते अन्त्य भएको थियो । तर हिउँले अधिवेशनमा ढिलाइ भएपछि प्रतिपक्षी दलहरुले आपत्ति जनाउदै आएका छन । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान गर्ने प्रचलन छ ।
 

प्रतिक्रिया