कांग्रेस द्वारा प्रदेश सभापति थापा माथिको आक्रमणको निन्दा र भत्र्सना
काठमाडौं । नेपाली कांग्रेसले पार्टीका कोशी प्रदेश सभापति एवं संसदीय दलका नेता, पूर्वमुख्यमन्त्री उद्धव थापा माथि केही व्यक्तिले शनिबार झापामा गरेको आक्रमणको निन्दा र भत्र्सना गरेको छ ।
नेपाल प्रेस युनियन झापाको कार्यक्रम बाट फर्कंदै गर्दा कन्काइ नगरपालिकाको सुरुङ्गा नजिक उनी माथि आक्रमण भएको थियो । उनको निधारमा चोट लागेको कांग्रेसले जनाएको छ ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति मार्फत उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनाको यथार्थ छानबिन गरेर अराजक र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुलाई कानूनी कारबाहीका लागि सरकार सँग माग गरेका छन् ।
रासस
प्रतिक्रिया