अमेरिकामा आज देखि टिकटक प्रतिबन्ध
एजेन्सी । अमेरिकामा आज देखि टिकटक प्रतिबन्ध भएको छ ।
अमेरिकी सर्वोच्च अदालतले टिकटकको मातृ कम्पनी बाइटडान्सलाई अमेरिकी कम्पनीलाई टिकटक बेच्न बाध्य पार्ने कानूनलाई समर्थन गरेपछि टिकटक प्रतिबन्धित भएको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार सर्वोच्च अदालतको फैसलाको बावजुद बाइडेनले टिकटकमा प्रतिवन्ध लागू गर्ने सम्भावना भने कम रहेको छ । यो सम्बन्धी औपचारिक निर्णय आगामी डोनाल्ड ट्रम्प प्रशासनले गर्ने बताइएको छ ।
ट्रम्पले हालै अदालतलाई वार्ता समाधानको लागि समय दिन टिकटक प्रतिवन्ध ढिलाइ गर्न आग्रह गरेका थिए । अप्रिलमा अमेरिकी संसदले पारित गरेको विद्येयकमा चीनको टिकटक संचालक कम्पनी बाइटडान्सलाई आफ्नो हिस्सेदारी अमेरिकी कम्पनीलाई बेच्न वा अमेरिकामा प्रतिबन्ध हुन ६ महिनाको समय दिइएको थियो ।
प्रतिक्रिया