आज ३ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज (आइतबार) ३ वटा संसदीय समितिको बैठक बस्दै छ । 

संघीय संसद सचिवालयका अनुसार बिहान साढे १० बजे राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बस्दै छ ।  बैठकमा  नेपालको संविधानको धारा ५३ बमोजिम सङ्घीय संसद्मा प्रस्तुत भएको नेपाल सरकारको वार्षिक प्रतिवेदन २०७९र०८० का सम्बन्धमा छलफल हुनेछ । 

यस्तै, बिहान साढे ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा त्रिभूवन विश्वविद्यालय ऐन, २०४९ को प्रत्यायोजित विधायन सम्बन्धमा छलफल हुनेछ । 

त्यसैगरी, दिउँसो २ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा महान्यायाधिवक्ता सँग छलफल हुनेछ । 

प्रतिक्रिया