यू–१९ महिला विश्वकपको पहिलो खेलमा बंगलादेशसँग नेपाल पराजित
यू–१९ टी२० महिला विश्वकप
काठमाडौं । आईसीसी यू–१९ टी२० महिला विश्वकपको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ ।
मलेसियाको बाङ्गीस्थित युकेएम ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको हो ।
जितका लागि नेपालले दिएको ५३ रनको सामान्य लक्ष्य बंगलादेशले १३.२ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले १८.२ ओभरमा ५२ रनमै अलआउट भएको थियो ।
प्रतिक्रिया