नेपालले बंगलादेशलाई दियो ५३ रनको सामान्य लक्ष्य
यू–१९ टी२० महिला विश्वकप
काठमाडौं । आईसीसी यू–१९ टी२० महिला विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशलाई ५३ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १८.२ ओभरमा ५२ रनमै अलआउट भएको छ । नेपालका लागि सना प्रवीनले सर्वाधिक १९ रन बनाइन् ।
बंगलादेशका लागि जन्नतुल माउवाले २ विकेट लिँदा फाहोमिदा चोया, निशिता अक्तर र अनिसा अक्तरले १–१ विकेट लिए । नेपालका पाँच ब्याटर रनआउट भएका थिए ।
टस जितेर पहिले बलिङ गरेको बंगलादेश नेपाल विरुद्ध जवाफी ब्याटिङमा उत्रिएको छ ।
प्रतिक्रिया