नक्साल क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्छ : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौंको नक्साल क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्ने बताएका छन् ।
शनिबार नक्सालको नाग पोखरीदेखि भगवती बहाल र कमल पोखरीदेखि नरसिंह चोकसम्मको परम्परागत पैदल सम्पदा मार्ग निर्माणको शिलान्यास गर्दै महामन्त्री थापाले नक्साल क्षेत्रको वस्ती र रहनसहन जोगाएर पर्यटकीय स्थलको रुपमा विकास गर्नुपर्ने बताएका हुन् ।
ऐतिहासिक र पुरातात्विक सम्पदाका साथै एक सय वर्ष पुराना घरहरुको संरक्षण गर्न सके नक्साल पर्यटकीय गन्तव्यको रुपमा विकास हुने उनको विश्वास छ ।
महामन्त्री थापाले नरसिंह चोकको पुरानो बस्ती जोगाएर बाटोघाटो निर्माण भैइरहेको पनि जानकारी दिए ।
प्रतिक्रिया