रुसी हमलामा चारजना युक्रेनीको मृत्यु
एजेन्सी । युक्रेनी शहर कीभमा गएराति भएको रुसी हवाई आक्रमणमा चार जनाको मृत्यु भएको छ ।
युक्रेनी अधिकारीहरुका अनुसार रुसले कीभमा आक्रमण गर्दा मानवीय र धेरै भौतिक संरचनाहरु ध्वस्त भएका छन् । रुसले युक्रेनको कुन संरचनालाई लक्षित गरेर आक्रमण गरेको भन्ने पनि स्पष्ट नभएको बताइएको छ । कीभमा रुसले ब्यालिस्टिक मिसाइल प्रहार गर्न सक्ने भन्दै स्थानीयहरूलाई कीभका मेयरले सुरक्षित आश्रयको लागि आग्रह गरेका थिए ।
अग्रेजी नयाँ वर्षकै दिन कीभमा भएको भएको घातक रुसी आक्रमण यो महिना कीभमा यो दोस्रो घातक हमला हो।
यसैबीच, दक्षिणी सहर जापोरिज्जियामा स्थानीय अधिकारीहरूले शनिबार रुसी आक्रमणमा छ जना घाइते भएको बताएका छन्। एक महिलाको अवस्था गम्भीर रहेको बताइएको छ ।
२०२२ फ्रेब्रुअरी महिनामा रुसले एक्कासी युक्रेनमा आक्रमण गरेको थियो । त्यस यता रुस र युक्रेनबीचको युद्ध जारी छ ।
प्रतिक्रिया