हनुमानढोका पुगेर राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन
काठमाडौं । भीभीआईपीहरुले हिडेरै बसन्तपुर पुगेर इन्द्रजात्रा अवलोकन गरेका छन् । काठमाडौं महानगरपालिकाले हनुमानढोका परिसर भित्र सवारी साधनहरुलाई निषेध गरेपछि विशिष्ट व्यक्तिहरु हिँडेरै बसन्तपुर पुगेका हुन् । यसअघि इन्द्रजात्रा अवलोकन गर्न बसन्तपुरस्थित गद्दी बैठकसम्म सवारी हुने गरेको थियो । यसपटक राष्ट्रपति रामचन्द्र पौडेल न्यूरोडको जुद्धशमशेरको शालिकदेखि हिँडेरै जात्रा अवलोकनका लागि पुगेका हुन् । राष्ट्रपति पौडेलका साथै काठमाडौं महानगर प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डंगोल सहित महानगरले आमन्त्रण गरेका पाहुनाहरुले बसन्तपुरको गद्दी पुगेर जात्राको अवलोकन गरेका छन् । जात्रा अवलोकनका लागि ३ वटा देशका ५ वटा नगर र एउटा संस्थाबाट प्रतिनिधित्व गर्दै २० जना अतिथि काठमाडौँ आएका छन् ।
बैंकले बढी ब्याज लिए राष्ट्र बैंकमा गुनासो गर्न गभर्नर अधिकारीको आग्रह

केपी ओली कप क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशलाई

टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश, टोपबहादुर थुनामै

पूर्व यूवराज्ञी हिमानीे अन्र्तराष्ट्रिय स्तरको पुरस्कारबाट सम्मानित

प्रतिक्रिया