आज दिनभरीको मौसम कस्तो रहला ?

काठमाडौं । देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले बिहान कोशी, बागमती र मधेशलगायत देशका पहाडी भू–भागमा आंशिक रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेको अवस्था छ। दिउँसो कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका केही भूभागमा आंशिक बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ।

बाँकी स्थानमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया