चिकित्सा स्नातक तहका लागि कलेजहरुको सिट निर्धारण

चिकित्सा शिक्षा आयोगले स्नातक तहका लागि कलेजहरुको सिट निर्धारण गरेको छ । आयोगले एमबीबीएसमा १ हजार ९ सय २५ सिट निर्धारण गरेको छ भने बिडिएसतर्फ ५ सय ४५ सिट बाँडफाँड गरेको छ । एमबीबीएस अध्यापनका लागि विराट, विपी, चितवन, शिक्षण अस्पताल, गण्डकी, काठमाडौं मेडिकल, किष्ट, काठमाडौ विश्वविद्यालयले एक एक सय सिट पाएका छन । यसैगरी, लुम्बिनी, महाराजगन्ज, मणिपाल, नेशनल, नेपाल मेडिकल, नेपाली सेना , नेपालगन्ज, नोबेल र युनिभर्सल ले पनि समान सय सिट पाएका छन । पाटनले ६५, देवदहले ६० तथा जानकी र कर्णाली ले ५०÷५० सिटमा अध्यापन गराउने अनुमति पाएका छन । बिडिएसतर्फ विपी, कान्तिपुर, काठमाडौं विश्वविद्यालय, र युनिभर्सललाई ५०÷५० सिट पढाउने अनुमति दिइएको छ । चितवन, काठमाडौं मेडिकल कलेज र नेपाल मेडिकल कलेजले ४०÷४० सिट पाएका छन् । बिएएमएसतर्फ ३ कलेजलाई एक सय सिट बाँडफाँड गरिएको छ । यसैगरी, गण्डकी मेडिकल कलेजले ३०, किष्ट मेडिकल कलेजले ३५, नोबेल मेडिकल कलेज ३०, महाराजगन्ज मेडिकल क्याम्पस २५ र नेशनल मेडिकल कलेजले १५ सिट पाएका छन् ।
बैंकले बढी ब्याज लिए राष्ट्र बैंकमा गुनासो गर्न गभर्नर अधिकारीको आग्रह

केपी ओली कप क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशलाई

टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश, टोपबहादुर थुनामै

पूर्व यूवराज्ञी हिमानीे अन्र्तराष्ट्रिय स्तरको पुरस्कारबाट सम्मानित

प्रतिक्रिया