‘मुलुकमा उथलपुथलको सम्भावना, विपक्षी दलहरू एक हुन आह्वान’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मुलुकमा उथलपुथलको सम्भावना रहेकाले सचेत हुनुपर्ने बताएका छन् ।

बुधबार सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकमा अन्तर्राष्ट्रिय परिस्थितिको चर्चा गर्दै अध्यक्ष नेपालले उथलपुथलबाट जोगिन विपक्षी दलहरू एक हुनुपर्ने बिफ्रिङ गरेका हुन् ।

बैठकमा अध्यक्ष नेपालले बंगलादेश, दक्षिण कोरिया, श्रीलंका लगायतका देशमा देखिएको असन्तुष्टि नेपालमा पनि भित्रभित्रै बढ्दै गएको बताए ।

भन्छन्, “अन्तर्राष्ट्रिय परिस्थिति र नेपाल भित्रकौ परिस्थितिले पनि उथलपुथलको सम्भावना छ । असन्तुष्टि भित्रभित्रै चरम रुपमा बढेको छ । यसलाई विपक्षी दलहरू मिलेर सेटल गर्नुपर्छ । अन्यथा मुलुकमा अर्को अप्ठेरो आउनसक्छ ।”

उथलपुथलबाट रोक्न अब विपक्षी दलहरू एक हुनुपर्ने बताउँदै उनले अन्य साना दलहरूलाई विपक्षी मोर्चामा ल्याउनेबारे भइरहेको प्रयास पनि चर्चा गरेका थिए ।

प्रतिक्रिया