बिपक्षीद्वारा सरकारबारे साझा अवधारणा बनाउन दुई सदस्यीय कार्यदल गठन
काठमाडौं । बिपक्षी दलहरुले सरकारबारे साझा अवधारणा बनाउन दुई सदस्यीय कार्यदल बनाएका छन् ।
बुधबार बिहान प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको प्रतिपक्षी दलहरुको बैठकले कार्यदल गठन गरेको हो ।
कार्यदलमा माओवादीका उपमहासचिव वर्षमान पुन र नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता डा.बेदुराम भुसाल रहेका छन् । यस्तै प्रतिपक्षी दलहरूले संसद अधिवेशन बोलाउन सरकारलाई दबाब दिने निर्णय गरेका छन् ।
बिपक्षी दलहरुले सरकारले संसदको अधिवेशन नबोलाई अध्यादेश ल्याएर संसद छल्न खोजेको भन्दै त्यस बिरुद्ध एकजुट भएर अघि बढ्ने सहमति गरेका छन् । प्रतिपक्षी दलहरूको बैठकले संयुक्त वक्तव्य निकालेर सरकारलाई दबाब दिने र त्यसका लागि आजै वक्तब्यको ड्राफ्ट बनाउने तयारी गरेका छन् ।
विपक्षी दलहरुको बैठक बिहीबार पुनः बस्नेछ ।
प्रतिक्रिया