बिपक्षी दलहरूले संसद अधिवेशन बोलाउन सरकारलाई दबाब दिने
काठमाडौं । नेकपा माओवादी सहित प्रतिपक्षी दलहरूले संसद अधिवेशन बोलाउन सरकारलाई दबाब दिने निर्णय गरेका छन् ।
माओवादी संसदीय दलको कार्यालय सिंहदरवारमा आज बसेको बैठकले सो निर्णय गरेको हो । बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डिपी अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीका बुद्धिमान तामाङ, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, लगायतका नेताहरूको सहभागिता रहेको थियो ।
प्रतिपक्षी दलहरूको बैठकले संयुक्त वक्तव्य निकालेर दबाब दिने निर्णय गरेको हो । बैठकले सदन छलेर अध्यादेश ल्याउनु गलत भएको निष्कर्षसमेत निकालेको छ ।सरकारले नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन मागको तयारी गर्ने निर्णयसमेत भएको नेताहरुले बताए ।
विपक्षी दलहरुको बैठक बिहीबार पुनः बस्नेछ ।
प्रतिक्रिया