दक्षिण अफ्रिकाको सुनखानीमा फसेका एक सय कामदारको मृत्यु

एजेन्सी । दक्षिण अफ्रिकाको सुनखानीमा फसेका एक सुय बढी कामदारको मृत्यु भएको छ । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार खानीमा दुई महिना देखि ४ सय भन्दा बढी कामदार फसेका थिए । उनीहरू सबै अवैध रूपमा सुन उत्खनन गर्न खानीमा प्रवेश गरेका थिए । कामदारहरूले भोक र तिर्खाका कारण ज्यान गुमाएका हुन । 

खानीमा काम गर्ने कामदारहरू सँग सम्बन्धित सामाजिक संस्था माइनिङ अफ्फेक्टेड कम्युनिटीज युनाइटेड इन एक्सनका अनुसार प्रहरीले गत वर्ष नोभेम्बरमा अवैध खानी विरुद्ध कारबाही शुुरु गरेको थियो ।

कारबाहीमा पर्ने डरले कामदारहरूले खानी बाट बाहिर निस्कन अस्वीकार गरेपछि उनीहरुले ज्यान गुमाएका हुन्
 

प्रतिक्रिया