आजको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनुका साथै तराईका केही भूभागमा हुस्सु तथा कुहिरो लागेको छ ।
आज दिउँसोे सातै प्रदेशका हिमाली, पहाडी क्षेत्रमा आंंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको संभाबना रहेको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम १९ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ५ डिग्री सेल्सियसका बीचमा रहने अनुमान गरिएको छ । आज सूर्यदय बिहान ६ बजेर ५५ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ३१ मिनेटमा हुनेछ ।
प्रतिक्रिया