जनता सन्तुष्ट छैनन्, कम्युनिस्ट भनेर मात्रै हुँदो रहेनछ : माधव नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीतिमा विकृति र विसङ्गति देखा परेको बताएका छन् ।
४१ औँ पिस्कर स्मृति दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले राजनीतिमा विकृति विसङ्गतिहरू देखा परेको बताएका हुन् ।
‘मुलुक चलाउनुपर्ने जिम्मेवारी पाएका कम्युनिस्ट पार्टीका भनिएका मानिसहरू छन् । तर जनता सन्तुष्ट हुन सकेका छैनन्’, अध्यक्ष नेपालले भने, ‘कम्युनिस्ट भनेर मात्र पनि हुँदो रहेनछ।’
अध्यक्ष नेपालले कम्युनिस्टको नाममा गैरकम्युनिस्ट काम नगर्न बताउँदै कम्युनिस्टको मर्यादा राख्नुपर्ने बताए ।
‘कम्युनिस्टको नाममा गैरकम्युनिस्ट काम गर्नुभएन । कम्युनिस्टको नाममा कम्युनिस्टको मर्यादा राख्नुपर्छ’, उनी भन्छन्, ‘त्याग तपस्या, बलिदानको कीर्तिमान कायम गर्नुपर्छ ।’
राजनीति गर्नेहरूले समाज परिवर्तन र मानव सेवाको भावना राखेर अघि बढ्न सके मात्र युवा पुस्ताले पनि राजनीतिमा विश्वास गर्ने उनको भनाइ थियो ।
प्रतिक्रिया