मणिपाल अस्पतालमा सबै सेवा बन्द गर्ने चिकित्सकको घोषणा, विरामी मारमा

पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकहरुले अस्पतालका सबै सेवा बन्द गर्ने घोषणा गरेका छन् । सोमबार साँझ आवासिय तथा इन्टर्न चिकित्सहरुले सूचना जारी गर्दै चिकित्सकमाथि हातपात गर्नेलाई पक्राउ गरी कारबाही गर्नुपर्ने र दोषीलाई जेल चलाउने सुनिश्चितता नभएसम्मका लागि सेवा बन्द गरेका हुन । अस्पतालमा ओपीडी, वार्ड, आइसीयू, आकस्मिक प्रयोगशाला लगायतका सेवा बन्द गरिएको छ । उपचारका लागि ल्याइएकी लमजुङकी ५७ वर्षीया सुकमाया दुराको उपचारको क्रममा मृत्यु भएपछि मृतकका आफन्तले सोमबार चिकित्सकमाथि आक्रमण गर्नुका साथै अस्पतालमा तोडफोड समेत गरेका थिए । अस्पतालमा डाक्टरमाथि आक्रमण गरेको आरोपमा प्रहरीले ३४ वर्षीय विनय गुरूङलाई हिरासतमा लिएको छ । चिकित्सक संघले पनि आक्रमणमा सग्लनलाई कारबाहीको माग गरेको छ । संघले दोषीलाई कारबाही नगरिए नियमित स्वास्थ्य सेवा प्रवाह गर्ने वातावरण गम्भीररूपमा प्रभावित हुने चेतावनी पनि दिएको छ । आज चिकित्सकहरुले काठमाडौंको माइतीघर मण्डलामा भेला भएर विरोध प्रदर्शन समेत गरेका छन । उनीहरुले सुरक्षा दिन नसकेको भन्दै गृह र स्वास्थ्यमन्त्रीको राजीनामा समेत माग गरेका छन । 

उपचार प्रभावित 

डाक्टरमाथि भइरहेको आक्रमण विरुद्ध डाक्टर एवम् स्वास्थ्यकर्मीहरुले आन्दोलन थालेपछि विरामी मारमा परेका छन । अघिल्लो सातापनि उपचार सेवा प्रभावित भएकोमा आज पनि काठमाडौंका त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लगायतका अस्पतालमा विरामीहरु उपचार पाउनवाट बन्चित भएका हुन । विरामी र विरामीका आफन्तले अस्पताल सहज रुपमा सञ्चालन हुने व्यवस्था मिलाउन माग गरेका छन । 
पोखराको मणिपाल शिक्षण अस्पतालमा डाक्टरमाथि कुटपिट भएको विरोधमा सुरक्षाको माग गर्दै चिकित्सक आन्दोलनमा उत्र्रेपछि अस्पताल पुगेका विरामी उपचार नपाइ फर्किन बाध्य भएका हुन । 

प्रतिक्रिया