योगलाई हरेक विद्यालय र विद्यार्थीको अभ्याससँग जोडौँ : मन्त्री भट्टराई
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षासँग योग जोडेर समाजलाई समृद्ध बनाउन मन्त्रालय प्रतिबद्ध रहेको बताएकी छिन् ।
राष्ट्रिय योग दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा आज यहाँ आयोजित समारोहमा उनले विद्यालयतहबाटै योगलाई जीवनसँग जोड्न थालनी गर्नुपर्ने बताइन् ।
उनले योगलाई कक्षाकोठा र विद्यार्थीको जीवनसँग जोड्न मन्त्रालय प्रयासरत रहेको जानकारी दिइन् ।
“योगलाई हरेक विद्यालय र विद्यार्थीको अभ्याससँग जोडौँ । संस्थागत र समृद्ध विद्यालयमात्र हैन सार्वजनिक विद्यालयका विपन्न विद्यार्थीको मनोबल बढाउनलाई पनि योग अनिवार्य गर्नुपर्छ,” मन्त्री भट्टराईले भनिन् ।
प्रतिक्रिया