उपत्यकामा बढ्न थाले भाइरल ज्वरो र डेंगुका विरामी
काठमाडौं उपत्यकामा केही दिनयता भाइरल ज्वरो र डेंगुका विरामी बढेका छन । केही दिनयता जोर्नी दुख्ने, कडा ज्वरो आउने र टाउको दुख्ने लक्षण लिएर अस्पताल पुग्ने विरामीको संख्या बढेको हो । टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसार अस्पतालको आकस्मिक कक्षमा दैनिक ५ देखि ७ जना सम्म डेंगुका बिरामी उपचारका लागि पुग्ने गरेका छन । दैनिक २ सय जना सम्म बिरामी ओपिडीमा डेंगुको जस्तै लक्षण लिएर पुग्ने गरेका छन । टेकु अस्पतालमा मात्रै होइन ललितपुर स्थित पाटन अस्पतालमा विरामी बढेका छन । यो समयमा भाइरलका विरामी बढेपनि गतबर्ष जस्तो नरहेको चिकित्सकको भनाइ छ । अघिल्लो बर्ष असोज र कात्तिको दोस्रो हप्तामा तिब्र रुपमा डेंगु फैलिएको थियो । यस पटक काठमाडौंमा डेंगु पुष्टि भएका अधिकाशं बिरामीमा दोहोरिएर डेंगु देखिएको हुँदा संक्रमित भएका प्रायमा कडा खालको लक्षण देखिएको चिकित्सकको भनाइ छ । एक हप्ता अघि सम्म ५ सय भन्दा कम रहेको डेंगु संक्रमण हाल काठमाडौंमा ५ सय ८० जना पुगि सकेको छ । यस्तै हाल ललितपुर र भक्रपुरमा क्रमश २०५ र २०४ जना संक्रमित रहेका छन । देशभर डेंगु संक्रमितको संख्या २९ हजार ४६८ जना पुगेको छ । यस्तै यो बर्ष १५ जना संक्रमितको डेंगुकै कारण मृत्यु भइसकेको छ ।
प्रतिक्रिया