माघे सङ्क्रान्तिमा देवघाटमा स्नान गर्ने तीर्थालुको घुइँचो (तस्बिरहरू)

काठमाडौं ।  हिन्दू धर्मावलम्बीहरूको पवित्र तीर्थ स्थल देवघाटधाममा माघे सङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको घुइँचो लागेको छ । 

माघे  सङ्क्राान्तिको अवसरमा यस क्षेत्रको नदीमा स्नान गर्न र पुजाआजाका लागि बिहान देखि नदी र मन्दिरहरुमा भक्तजनहरुको घुँईचो लागेको हो । 

तीर्थालुको सुविधाका लागि गैँडाकोट बाट निःशुल्क डुङ्गाको व्यवस्था गरिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व), तनहुँ र चितवनमा पर्ने कालीगण्डकी र त्रिशूली नदीको सङ्गम स्थल देवघाटको बेनीमा स्नान गर्न जान जिल्लाको गैँडाकोट–३ नम्बर वडा कार्यालयले निःशुल्क डुङ्गाको व्यवस्था गरेको हो । 

 

प्रतिक्रिया