काठमाडौं जिल्ला अदालतमा रबि लामिछानेको बयान जारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) का सभापति एवं पूर्व गुहमन्त्री रवि लामिछानेको जिल्ला अदालत काठमाडौंमा बयान जारी छ ।
सहकारीको बचत अपचलनको आरोप लागेका लामिछाने आज जिल्ला अदालत खुलने बित्तिकै हाजिर भएका थिए । उनी काठमाडौंको कालिमाटी स्थित स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले जिल्ला अदालतमा हाजिर भएका हुन् । उजकने बयान जिल्ला न्यायाधीश माधव अधिकारीको इजलासमा भइरहेको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले गत पुस २१ गते लामिछाने सहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिएपछि उनी अदालतमा हाजिर भएका हुन् । सो सहकारी बाट ६ सय ९० बचत कर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।
पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते मात्र धरौटीमा रिहा भएका लामिछाने पुस २६ गते साँझ काठमाडौं आइपुगेका थिए । लामिछाने विरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा र पर्साको सानो पाइला सहकारी ठगीको पनि आरोप लागेको छ ।
ती जिल्लामा पनि उनी विरुद्ध मुद्दा दर्ताको प्रकिया चलिरहेको छ ।
प्रतिक्रिया