दिल्लीमा हल्का वर्षा सँगै व्यापक चिसो बढ्ने

एजेन्सी । भारतको नयाँ दिल्लीमा आइतबार बाक्लो हुस्सु लागेको छ ।

भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार भारतीय राजधानी दिल्लीमा शहरमा मेघगर्जन र असिना सहित वर्षाको चेतावनी जारी गरेको छ भने आइतबार बिहानको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस मापन गरिएको छ ।

‘इन्डिया गेट’को श्रब्यदृष्यमा राष्ट्रिय राजधानी नयाँ दिल्लीमा दृश्यता प्रतशत करिब शून्य रहेको बताइएको छ । “शनिबार राष्ट्रिय राजधानीमा हल्का वर्षा भएको र न्यूनतम तापक्रम ७.७ डिग्री सेल्सियसमा झरेको थियो।

त्यसैगरी, कानपुर र ग्वालियर जस्ता शहरमा पनि बाक्लो हुस्सु लागेको छ ।  आईएमडीका अनुसार शनिबार दिल्लीको औसत तापक्रम ११ डिग्री सेल्सियस मापन गरिएको थियो । 

प्रतिकूल मौसमका बावजुद इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै पनि उडान डाइभर्सन वा रद्द गरिएको छैन। यद्यपि, कुहिरोका कारण धेरै रेलहरूको सेवामा ढिलाइको सामना गर्नुपरेको छ । 
रासस 

प्रतिक्रिया