अछामका शिक्षा एवं समाजसेवी शाहको सय वर्षको उमेरमा निधन
काठमाडौं । अछाममा शिक्षासेवी एवं समाजसेवीका रुपमा चिनिएका जगतबहादुर शाहको एक सय वर्षको उमेरमा निधन भएको छ।
शाहको हिजो शनिबार निधन भएको हो । पूर्व सञ्चारराज्यमन्त्री गोविन्दबहादुर शाहका पिता समेत रहेका जगतबहादुर बि.सं १९८१ साल असोज दशैं टीकाको दिन अछामको रिडिकोट (हाल साँफेबगर नगरपालिका–७) जन्मिएका थिए । उनी शिक्षा र समाजसेवाको क्षेत्रमा प्रख्यात रहेका थिए । पछिल्लो समय जगतबहादुर बूढानीलकण्ठस्थित छोराहरुसँग बस्दै आएका थिए ।
जगत बहादुरका जेठो छोरा मोहनबहादुर शाह अवकाश प्राप्त सरकारी कर्मचारी हुन् । त्यसैगरी माइला छोरा गोविन्दबहादुर अछामका पूर्वसांसद, पूर्वमन्त्री एवं हाल नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुन् । साहिला छोरा राजेन्द्रबहादुर शाह व्यवसायी र कान्छो छोरा टक्करबहादुर शाह नेपाली कांग्रेस अछामका सचिव छन् । स्वर्गीेय जगतबहादुरको शनिबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो ।
प्रतिक्रिया