सरकारले बहुदलीय व्यवस्था र प्रजातन्त्र मास्न खोज्यो : राजेन्द्र लिङदेन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले बहुदलीय व्यवस्था र प्रजातन्त्रसमेत मास्न खोजेको आरोप लगाएका छन् ।
पृथ्वीनारायण शाहको ३०३ औं जन्मयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शनिबार काठमाडौंको भृकुटिमण्डपमा आयोजित जलपाल कार्यक्रमका क्रममा लिङ्देनले सरकारले बहुदलीय व्यवस्था र प्रजातन्त्र मास्न खोजेकाले त्यसको शसक्त प्रतिवाद गर्ने चेतावनी दिएका हुन् ।
अध्यक्ष लिङदेनले नियमित रुपमा बोलाउनुपर्ने संसद नवोलाएर अध्यादेश ल्याउने कामले सरकार सर्वसत्तावादतर्फ उन्मुख देखिएको टिप्पणी गरेका हुन् ।
त्यस्तै, उनले राष्ट्रिय एकता दिवसका अवसरमा सरकारले सार्वजनिक विदा दिनु उपलव्धीपूर्ण रहेको भन्दै अर्को बर्ष सरकार आफैंले दिवस मनाउनुपर्ने सुझाव दिए ।
प्रतिक्रिया